काठमाण्डौँ — रसुवागढी भन्सार कार्यालयले साढे तीन वर्षमा १५ अर्ब १७ करोड राजस्व संकलन गरेको छ।
४३ महिनाअघि भूकम्प गएपछि रसुवागढी नाकामा नियमित कारोबार सुरु भएको थियोे।
कारोबार सुरु भएयता कार्यालयले १५ अर्ब १७ करोड २४ लाख ४६ हजार सात सय ४४ रुपैयाँ राजस्व उठाएको हो।
चीनसँग जोडिएको नाकामध्ये रसुवागढी मात्रै सञ्चालनमा रहेकाले राजस्व संकलन बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए।
सरकारले नीति परिवर्तन गरेको, सामग्री आयात बढेको, सामग्रीको मूल्यांकनको पार्ट बढेको, विदेशी मुद्राको भाउ बढेको र विकास निर्माणका सामग्रीको आयात बढेका कारण राजस्व संकलन वृद्धि भएको प्रमुख भन्सार अधिकृत खड्काले बताए।

— नागरीक
