काठमाण्डौँ — सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने विद्युतीय मेट्रोरेलको विस्तृत परियोजना प्रतिवेदनका लागि माग गरिएको बोलपत्रको समय थप गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले रेल विभागले तयार पारेको बोलपत्रमा प्राविधिक त्रुटि भेटिएकाले समय थप गरिएको जानकारी दिएको छ।
अनलाइनबाट बोलपत्रमा सहभागी हुने गरी आशयपत्र माग गरिएको थियो।
तर, बोलपत्रमा हार्ड कपीमा बुझाउन सकिने शब्द परेकोले त्यसलाई संशोधन गरेर हार्ड कपी बनाउने तयारी प्रक्रियामा सहभागी गराउन समय थप गरिएको हो।
सातदोबाटो–नारायणगोपाल चोकसम्म १२ किलोमिटर लामो मेट्रोरेलको डीपीआर तयार गर्ने परामर्शदाता खोज्न माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो।
परामर्शदाताले फागुन १६ गतेसम्म आशयपत्र बुझाउन पाउने विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए।
— अन्नपुर्ण
FACEBOOK COMMENTS