काठमाडौं, फागुन ४ – आइतवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
शुक्रवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार प्रतितोला ७६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
शुक्रवार प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
त्यसै गरी आइतवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो । शुक्रवार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँ बढ्दै प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS