काठमाडौं, साउन ३२ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आज (आइतबार) घटेको छ । आज नेप्से १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज एक अर्ब २५ करोड बढीको कारोबार भएको छ । आज ट्रेडिङबाहेक सबै समूह राताम्मे भएका छन् ।
आज १८५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२१ वटाको मूल्य घटेको छ भने ३३ वटाको बढेको छ। केही लघुवित्त र जलविद्युत कम्पनीको शेयर बढेपनि बैंक तथा वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै घटेका छन्। बाणिज्य बैंकहरुको सूचक १.६१ प्रतिशतले घटेको छ। सँगै लघुवित्तको सूचक पनि १.२३ प्रतिशतले घटेको छ। व्यापारको सुचकमा सुधार देखिए पनि बाँकी सूचकमा सामान्य गिरावट देखिन्छ।
धेरै नाफा घटेका बैंकहरुको शेयर मूल्यमा पनि भारी गिरावट आएको छ। सूचक घटे पनि करोबार रकम भने एक अर्ब २३ करोड रुपैयाँको भएको छ। आइतबार नेपाल बैंकको सबैभन्दा धेरै ८ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।
FACEBOOK COMMENTS