काठमाडाैं, पुस ४ – एक शिक्षकले सात कक्षामा अध्यनरत किशाेरीसँग भिडियाे बनाएर बलात्कार गरेकाे घटना बाहिरिएकाे छ । याे घटना भारतकाे राजस्थान बुँदी गाउँकाे हाे ।
राजस्थानको बुँदी गाउँमा एक शिक्षकले बलात्कार गरेर भिडियो बनाएको आरोप लागेको छ । पीडतले पटकपटक बलात्कार गरेर भिडियो बनाउँदै ब्ल्याकमेल गरेको आरोप लगाएकी छन् ।
आफन्तले दबलाना प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन् । प्रहरीले छानबिन चलिरहेको र तत्काल आरोपीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएको छ ।
७ कक्षामा पढ्ने किशोरी र तेस्रो कक्षाका विद्यार्थीलाई पढाउँदै आएको बताइएको छ । उनले किशोरीलाई धम्क्याएर बलात्कार गर्दै आएको आफन्तको आरोप छ । जसकारण किशोरीलाई शिक्षकसँग आउने जाने गर्नु बाध्यता थियो ।
चारपटक आरोपी शिक्षक धर्मराज मीणाले बलात्कार गरेको भिडियो बनाएको प्रहरीले बताएको छ । पीडितको बयानका आधारमा शिक्षकमाथि कारबाहीको प्रक्रिया प्रहरीले अघि बढाएको छ । स्कुल शिग्क्षाको यस्तो कुर्ततले पूरै शिक्षा विभागको बदनाम गरेको विभागले जनाएको छ ।
जाँच अधिकारी हिन्डोलीका धाना अधिकारी मुकेश मीणाले भने, ‘किशोरीका पिताले थानामा उजुरी दिएका छन् । जसमा उनले आरोपीले किशोरीलाई कहिले सिडी त कहिले किताबको बाहनामा स्कुलमा बोलाउने र बलात्कार गर्ने गरेका थिए ।’
शिक्षकले किशोरीलाई अन्य गाउँमा लगेर पनि बलात्कार गर्ने गरेको पाइएको प्रहरीले बताएको छ । बलात्कारको भिडियो बनाएर हरेक पटक यौन सम्बन्धका लागि बाध्य पार्ने गरेको पाइएको छ । अहिले प्रहरीले आरोपी शिक्षकको खोजी गरिरहेको छ ।
FACEBOOK COMMENTS