काठमाडौं,मंसिर १३ – सधना लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको छ । नेपाल राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रुपमा १० जिल्लाकार्य क्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्र यस संस्थाले नेपाल राष्ट्र बैंकको मंसिर ११ गतेको पत्रअनुसार नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।
गोरखा नगरपालिका ६, हरमटारी केन्द्रीय कार्यालय रहेको यस संस्थाको नाम सधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष कृष्ण वहादुर थापाले बताए ।
संस्थाको कुल निक्षेप रु ४० करोड रहेको छ भने कुल लगानी १ अरव ४५ करोड छ । ४७ शाखा कार्यालय रहेको यस संस्थामा ३८ हजार सदस्य रहेका छन् । वित्तीय संस्थाको हालको चुक्तापूँजी रु १४ करोड ७० लाख रहेको छ ।
FACEBOOK COMMENTS