काठमाडौँ, अशोज २९ – सानिमा क्यापिटलको पाँचौं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्डको कार्यालय, पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहित सञ्चालक समितिले प्रस्ताव गरेको ८ दशमलव ५ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।
FACEBOOK COMMENTS