काठमाण्डौँ — रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ६६ प्रतिशत काम पूरा भएको छ।
सिभिल कार्यतर्फ ६७, इलेक्ट्रो मेकानिकलतर्फ ५८, हाइड्रो मेकानिकलतर्फ ५४ र प्रसारण लाइन निर्माणमा १५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।
आयोजनामा सुरुङ, पावरहाउस र हेडवक्र्स निर्माणको काम भइरहेको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए।
४२.५ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य २०६९ देखि सुरु भएको थियो।
एसइडब्लु टुन्डी जेभीले निर्माण गरिरहेको आयोजनाले २०७६ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्नेछ।
यो आयोजना निर्माणका लागि पाँच अर्ब दुई करोड ४२ लाख रुपैयाँ खर्च हुने बताइएको छ।
— नागरीक
FACEBOOK COMMENTS