सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाद्वारा ६५ थान बाइप्याप भेन्टिलेटर सहयोग
कर्पोरट खबर
7:04 pm, बिहीबार, असार १७, २०७८
काठमाडौं । सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड–१९ का बिरामीहरुका लागि आवश्यक पर्ने ६५ थान बाइप्याप भेन्टिलेटर सहयोग गरेको छ ।
वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले ६५ थान बाइप्याप भेन्टिलेटर बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
जनउद्धार केन्द्रको सद्भावना दूतको रुपमा रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त भेन्टिलेटर सहयोग हस्तान्तरण गरेका हुन् ।सहयोगबाट प्राप्त भएका भेन्टिलेटर आवश्यकता हेरेर जिल्ला अस्पतालहरुका लागि पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।
FACEBOOK COMMENTS