काठमाडौं, वैशाख १२ । सामाजिक सुरक्षा कोषमा देशभरका १३ हजार ७६० रोजगारदाता आबद्ध भएका छन् । वैशाख ९ गतेसम्ममा सातै प्रदेशका १३ हजारभन्दा बढी रोजगारदाता आबद्ध भएका हुन् ।
जसममध्ये सबैभन्दा बढी बागमती प्रदेशका ९ हजार १८९ रोजगारदाता आवद्ध भएका छन् । यसपछि गण्डकी प्रदेशका ६१८, प्रदेश १ का १ हजार ८६०, प्रदेश २ का ५५९, लुम्बिनीका एक हजार २१९, कर्णालीका १४७ र सुुदुर पश्चिमका १६८ रोजगारदाता आबद्ध भएका छन् ।
आबद्ध रोजगारदातामध्ये सबैभन्दा कम कणाली र सुदुरपश्चिमका रहेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । यस्तै, यस अवधिमा सातवटै प्रदेशका एक लाख ९९ हजार ९०० योगदानकर्ता आबद्ध भइसकेका छन् ।
FACEBOOK COMMENTS