काठमाडौं । हिजो मंगलबारदेखि आन्दोलनमा उत्रिएका बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् ।
कर्मचारीहरूले नेपाल वित्तीय संस्था कर्मचारी संघमार्फत मुद्दा दर्ता गर्न लागेका हुन् । कोषमा सहभागी नगराउन माग गर्दै मंगलबारदेखि बैंक तथा वित्तीय क्षेत्र तथा बीमा क्षेत्रका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
सामाजिक सुरक्षा कोषको उद्देश्य राम्रो भए पनि यसले अहिले मजदुरलाई मारेको आरोप उनीहरुको छ । त्यसकारण विद्यमान नीतिविरुद्ध अदालत जानुको विकल्प नरहेको ठहर गर्दै संघले मुद्दा दर्ताको तयारी गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS