काठमाडौं, पुस १३ – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाको सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा÷नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।
संस्थाले आ.व. २०७५/७६असार मसान्त सम्मको चुक्तापूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनकालागि १.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्तापूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्न ेपश्ताब समेत पारित गरेको छ ।
FACEBOOK COMMENTS