काठमाडौं – सार्वजनिक निकायले नेपालमा उत्पादित सामाग्री किन्नुपर्ने व्यवस्था गर्न राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको छ ।
राष्ट्रिय विकास समस्या समाधान बैठकमा योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने प्रस्ताव राखेका हुन् ।
यसरी खरिद गरिएको सामाग्रीमा महालेखाले लेखापरीक्षणमा सहुलियत दिने तयारी गरेको हो ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक खरिद ऐन संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेको जानकारी दिए । खतिवडाले निजी क्षेत्रका विकास परियोजनाको पनि अनुगमन गर्न प्रस्ताव गरे ।
मुलुकमा दुई तिहाई लगानी गरेको निजी क्षेत्रलाई नजरअन्दाज गर्न नमिल्ने मन्त्री खतिवडाको भनाई रहेको थियो । निजी क्षेत्रलाई पनि विकासको काममासँगै लानु पर्नेमा खतिवडाले जोड दिए ।
FACEBOOK COMMENTS