काठमाण्डौ- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
उक्त सभाले आ.व.२०७४/०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा . १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो ।
कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुंदै आ.व. २०७४/०७५ मा ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताएका छन् ।
अघिल्लो वर्ष ८ अर्व ५८ करोडको कारोवार भएको थियो । कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोवार तर्फ माघ मसान्तसम्म ४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको उनले जानकारी गराए ।
अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराउनु भयो ।
नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५/०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मे.टन, डिएपी २०,००० मे. टन र पोटास २५०० मे. टन आयात भईसकेको र वाकी परिमाण यसै आ.व. को अन्त्यसम्ममा आयात भईसक्ने अध्यक्षले जानकारी गराएका छन् ।
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले चिनी आयातमा भएको व्यवधान वारे जानकारी गराउदैैं देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताएकी छन् ।
व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको श्रेष्ठले जानकारी दिईन् ।
FACEBOOK COMMENTS