काठमाडौं, चैत ११ – साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य आज (बुधबार) सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यससंगै सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १५५ रुपैयाँले बढेर १२ हजार ७०५ रुपैयाँ पुगेको छ ।
यस अवधिसम्म कम्पनीको ५४६ कित्ता शेयर विक्री आदेश र १ हजार ६१६ कित्ता शेयर खरिद आदेश रहेको छ । खरिद चाप बढी भएकाले कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो ।
त्यस्तै, यस अवधिमा नेप्से ३८ अंकले बढेको छ भने करिब चार अर्ब ३० करोडको कारोबार भएको छ । कारोबार भएका एक समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
FACEBOOK COMMENTS