![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५६ अौ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
साल्ट ट्रेडिङ्ले बुधवार आफ्नो स्थापना दिवसको अवसर पारेर कालिमाटी स्थित केन्द्रिय कार्यालय परिसरमा वार्षिकोत्सव समारोहको आयोजना गरेको थियो ।
वार्षिकोत्सव समारोहको उद्घघाटन् उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले गरेका थिए ।
कार्यक्रमको उद्घघाटन् पस्चात् मन्त्री यादवले कर्पोरेशनमा रहि सेवारत विभिन्न तहका कर्मचारी मध्ये पछिल्लो एक बर्षको अवधीमा कार्य सम्पादनका आधारमा उत्कृष्ट बन्न सफल कर्मचारी, बालबालिकाको हितमा कृयाशिल एक संस्थालाई पुरस्क्रित गर्नुका साथै कर्पोरेशनमा रहि २० बर्ष सेवा अवधी पुरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए ।
मन्त्री यादवले समारोहलाई सम्बोधन गर्दै बजारमा देखिएका मुल्यवृद्धि र कृतिम अभावका बेला साल्ट ट्रेडिङ्ले उपभोक्त्तालाई पुर्याएको सेवाको सर्रह्नाना गरे ।
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निती निर्देशनलाई मान्दै तथा आम् उपभोक्ताको हितमा समर्पित रहदै आएको बताए ।
कार्यक्रममा नेपाल सरकारका ऊच्च अधिकारी, पूर्व प्रशासक, कर्पोरेशनका संचालक समिति सदस्य एबम् सेयर धनी, कर्मचारी, डिलर प्रतिनिधि, पत्रकार लगायतको बाक्लो उपास्थिती रहेको थियो ।
FACEBOOK COMMENTS