डिएन घिसिङ
साहसिक खेलहरु पारस्परिक खेलहरु भन्दा पूर्ण रुपमा भिन्न छ। किनकि यसमा चरम जोखिम समावेश रहेको हुन्छ । साहसिक खेल पैसा, नाम र अहमसँग जोडिएका हुन्छन् । व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेलमा चरम मनोरंजनात्मक गतिविधिहरू समेत समावेश रहन्छ। जसले जीवन र मानव अंगहरूका लागि ठूलो जोखिम समेतको चुनौती सामना गर्नुपर्ने परिस्थिती सिर्जना गरेको हुन्छ। साहसिक खेल रुचाउनेहरुमा केही फरक प्रतिभाका धनी हुन्छन्। तर, यसका लागि पनि चरम अभ्यास भने गर्ने गरिन्छ। यी गतिविधिहरूमा अक्सर गति, उचाई, शारीरिक श्रमको एक उच्च स्तर र उच्च विशिष्टता देख्न पाईन्छ ।
“साहसिक खेल रुचाउनेहरुमा केही फरक प्रतिभाका धनी हुन्छन्। तर, यसका लागि पनि चरम अभ्यास भने गर्ने गरिन्छ। यी गतिविधिहरूमा अक्सर गति, उचाई, शारीरिक श्रमको एक उच्च स्तर र उच्च विशिष्टता देख्न पाईन्छ । ”
साहसिक खेलकुद विशेषत अर्थ,सामाजिक प्रतिस्ठा र प्रतिभा पहिचान जस्ता कुरासँग जोडिएर हेरिएको हुन्छ।यस्ता खाले गतिविधिमा सम्बन्धित खेलाडी सधैं उच्च जोखिममा रहने गर्दछन् । जसमा गम्भीर चोटपटक वा मृत्युको समेत सामना गर्नुपर्ने हुन्छ। उच्च जोखिममा रहने भएकाले साहसिक खेलकुद दुर्घटना वा गल्तिमा निर्णायक हुने गर्दछ।खेलकुदमा बिशेष जोखिम हुने खेललाई विभाजन गरेर हेरिएको छ।
क ० चरम खेल
ख०उच्च जोखिम खेल
चरम खेल
चरम खेलहरूमा सामान्य धेरै विशेषताहरू रहेका हुन्छ्न।परम्परागत खेलकुदमा विभिन्न परिस्थितिहरूमा एक अर्काको विरूद्ध प्रतिस्पर्धा गर्दछ्न।जहा सास्कृतिक खेलको पहिचान हुने गर्दछ।खेलको स्तरियतामा पासबिक प्रतिस्पर्धा समेत समेटिएको हुन्छ।यस्ताखाले खेललाई नियन्त्रित तबरले सन्चालन गर्न सकिन्छ।एकल वा प्रतिस्पर्धी बिचमा खेल सन्चालन भएको हुन्छ।सामाजिक प्रतिस्ठा र ब्याबसायिक प्रतिनिधित्व गर्ने भएकाले चरम खेल आम दर्शकको आकर्षण र रोजाइमा पर्ने गर्दछ।जस्तैः कुस्ती ,मुक्केबाजी, एकल प्रदर्शन जस्ता खेलहरु यस अन्तर्गत पर्दछन् ।
उच्च जोखिम खेल
उच्च जोखिम खेल प्राकृतिक र पर्यावरणसँग जोडिएर हेरिएको खेल हो।यसमा ब्यक्तिगत क्षमता सबैभन्दा अलौकिक रहेको हुन्छ।वातावरणीय चुनौतीपूर्ण अभ्यास वा प्रतिस्पर्धा यसको विशेषता हो।यसमा समाजिक मुल्य मान्यता त छदैछ यसका अलबा ब्यक्तिगत प्रतिस्ठा र ब्याबसायिकता समेत समेटिएको हुन्छ। उच्च जोखिम खेलहरु आकाशबाट हामफाल्ने,आगो,पानी,हिउँ पहाड जस्ता प्रकृतिको चुनौतीको सामना गर्दछ।
साहसिक खेलाडी मनोबिज्ञान
शारीरिक एवम् मनोरञ्जन गतिविधि मार्फत आफुलाई फरक पहिचान र कौशल समावेश गर्ने सोच बिशेष प्रतिभा भएका खेलाडीहरुमा रहन्छ। पारिवारिक ,सामाजिक र भौगोलिक अवस्थितीले जोखिम खेल सामना गर्ने पारिस्थितिक सामर्थ्य अन्तर्निहित शारीरिक र मानसिकताको विकास गर्न सक्षम जो कोहि खेलाडीको रोजाईको बिषय साहसिक खेल बनेको हुन्छ।जसमा एक व्यक्ति वा टोलीले अर्को वा अन्यलाई मनोरञ्जनको लागि प्रतिस्पर्धा गर्दछ। गहिरो सोच र चिन्तन भएका समाजमा सर्बश्रेस्ठ होडबाजीको चिन्तन बोकेका ब्यक्तीहरु साहसिक खेलमा बढी समाबेश भएको पाईन्छ । अमेरिकी एप्लाइड खेल मनोविज्ञानका पिता ब्रुस ओगिलवीले गरेको एक अनुसन्धानले जोखिम लिनेहरूले आफ्नो शारीरिक,भावनात्मक र बौद्धिक सीमालाई दैनिक जीवनसँग सम्बन्धित तनावको सामना गर्न प्रेरित गरिरहने स्पस्ट पारेको छ।जब यो साहसिक खेलमा सहभागी हुन चाहने अधिकांश व्यक्ति पागलपन जस्तै आफ्नो गतिविधि गर्न तर्फ अग्रसर हुन्छन।
“अमेरिकी एप्लाइड खेल मनोविज्ञानका पिता ब्रुस ओगिलवीले गरेको एक अनुसन्धानले जोखिम लिनेहरूले आफ्नो शारीरिक,भावनात्मक र बौद्धिक सीमालाई दैनिक जीवनसँग सम्बन्धित तनावको सामना गर्न प्रेरित गरिरहने स्पस्ट पारेको छ।”
साहसिक खेल इच्छाएको ब्यक्तिमा गरिएको अनुसन्धानका अनुसार जोखिम लिनेहरूको दिमाग डोपामाइन वा सेरोटोनिनको स्तरमा स्वाभाविक रूपमा कम रहेको पत्ता लगाएको छ।डोपामाइन एक न्यूरो ट्रान्समिटर हो जसले मस्तिष्कमा बिशेष आकृती इनाम र खुशी केन्द्रहरू प्रबन्ध गर्न मद्दत गर्दछ, साथै शारीरिक र भावनात्मक प्रतिक्रियाहरू नियमित गर्दछ। न्युरोट्रान्समिटर सेरोटोनिनले विभिन्न प्रकारका मनोवैज्ञानिक र शारीरिक कार्यहरू, मुड ,यौन इच्छा,निद्रा र सामाजिक व्यवहार इत्यादी नियन्त्रण गर्दछ।तसर्थ खेल जीवनमा पनि यसको प्रभाव रहने गर्दछ ।
FACEBOOK COMMENTS