काठमाडौँ, आश्विन २५ –सरकारले सिंहदरवार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा डा बाबुराजा अमात्यलाइ नियुक्त गरेको छ।
सरकारका प्रवक्ता एवम परराष्ट्र मन्त्री प्रद्रीप ज्ञवालीले मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा मन्त्रिपरिषद्ले डा अमात्यलाई अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको हो।
FACEBOOK COMMENTS