काठमाडौं । सिटिजन्स बैंकले बैंकको संचालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ ।
यसअघि सुदेश खालिङले बैंक संचालकबाट राजिनामा दिएपछि उनको ठाँउमा बैंकले ज्ञवालीलाई नियुक्त गरेको हो । ज्ञवालीले गत मंसिरमा पुर्वाधार विकास बैंकको सीईओबाट राजिनामा दिएका थिए । सरकारले ४ वर्षको लागी नियुक्त दिएको भएपनि उनले २ वर्षमा नै राजीनामा दिएका हुन् ।
ज्ञवाली यसअघि नविल बैंक, ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) भईसकेका छन् । ज्ञवालीसँग नेपालका साथै विदेशमा समेत काम गरेको अनुभव रहेका ज्ञवालीसँग करिब साँढे ३ दशक बैंकिङ क्षेत्रको अनुवभ रहेको छ ।
FACEBOOK COMMENTS