काठमाडौं, फागुन २- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सि.सि. टि.भी. जडान गर्न उपभोक्ता समितिलाई रू ७५,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । जिल्लाप्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ ।
बैंक तथा वित्तीय संस्था, सुनचादीपसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको हेतुले पोखरा महानगर पालिकाको पालीकाचोक देखि राष्ट्रबैंक चोक सम्म समितिले सि.सि.टि.भी. जडान गर्ने योजना अगाडी सारेको छ । यस कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सि.सि.टि.भी. जडान पछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहजहुने कुरा समितिले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS