काठमाडौं, वैशाख १९ – सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट काराेनाकाे लागि अत्यावश्यक रकम नेपाल पठाउँदा शुल्क नलाग्ने भएकाे छ ।कम्पनीले नेपालमा पुनः देखिएको कोभिड- १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेटभित्र तुरुन्तै पुर्याउने योजना ल्याएको हाे ।सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउँदा नेपालभरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ ।
कम्पनीकाे अनुसार रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेब साइटबाट पठाउन सकिन्छ ।सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS