काठमाडौं, कार्तिक १४ – सिद्घार्थ बैंकको क्रेडिट कार्डको लागि अब अनलाईनबाटै आवेदन दिन सकिने भएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कात्र्तिक १३ गते बिहिबारदेखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको हो ।
यो व्यवस्थापछि अब क्रेडिट कार्डका लागि ग्राहकहरुले भौतिकरुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहजरुपमा अनलाईनमार्फत आवेदन दिनसक्नेछन ।
आवेदन दिएपश्चात क्रेडिट कार्ड स्वीकृत गर्नु पूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । साथै, कार्ड तयार भईसकेपश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।
बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS