काठमाडौं, फागुन २३ – सिद्धार्थ उद्योग वाणिज्यसंघको ६२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा भिष्म प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
पदाधिकारीहरुमा समेत प्रतिस्पर्धा हुने गरेको वाणिज्य संघमा यो पटक पदाधिकारीहरु निर्विरोधरुपमा चयन भएका छन् ।
जस मध्ये अध्यक्षमा भिष्म प्रसाद न्यौपाने सर्बज्ञ, वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण गोयन्का, उद्योग उपाध्यक्षमा दिलीप कुमार कान्दु, वाणिज्य उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, महासचिवमा विजय पाण्डे, कोषाध्यक्षमा गोबिन्द ज्ञवाली, सचिवमा दिपेन्द्र प्रधान, कर्पोरेट सदस्य २ जना रोहित कुमार अग्रवाल र विकास गोयन्का वस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे र वाणिज्य तर्फ महिला सदस्य यमकला न्यौपाने निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौंडेलले बताए ।
फागुन २२ गते शनिबार भएको निर्वाचनमा १५ सय ६५ मत खसेकोमा सदस्य पदमा कडा प्रतिस्पर्धा भएको छ । १६ जना सदस्य मात्रै चुनिने पदहरुमा ३४ जनाको प्रतिस्पर्धा हुँदा चुनावी दौड थप रोचक समेत बनेको थियो । सदस्य वाणिज्य तर्फ १० जना मात्रै हुनु पर्नेमा १९ जनाको उमेदवारी परेको थियो । जसमा अभिनभ मयुर कसौधनले ८३७ मत प्राप्त गरि विजयी भए भने संजय कुमार बेरीवालले वाणिज्य तर्फ अत्यधिक मत १०६० मत पाएर विजयी भए ।
अर्जुन कार्की १०२५ मत पाएर विजयी भए भने प्रितम रौनियार १०५८ मत पाएर विजयी हुन सफल भए । कमल प्रसाद मरासीनि ९४९ मत पाएर विजयी भए भने गोपाल भण्डारी ८६४ मत पाएर विजयी भए । ८३५ मत पाएर हरिश शेठिया विजयी भए भने धर्मविर शर्मा १००७ मत पाएर विजयी भए । १०४६ मत पाएर प्रमोद रिजाल विजयी हुन सफल भए त्यसैगरि गौरव श्रेष्ठ ८४० मत पाएर विजयी भएको निर्वाचन प्रमुख अधिकृत शिव प्रसाद गौँडेलले बताए ।