एक अनुयायीको बलात्कारको आरोप लागेका महायोगी सिद्ध बाबा कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।
सुनसरी जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्ध बाबामाथि लगाइएको आरोपबाट उनलाई सोमबार सफाइ दिएका हुन् । एक अनुयायीले बलात्कारको आरोप लगाएको मुद्दाका कारण सिद्ध बाबा गत फागुनदेखि झुम्का कारागारमा थिए ।
उनले बारम्बार आफूबाट त्यस्तो नीच कार्य नभएको दाबी गर्दै आए पनि उच्च अदालतले पुर्पक्षका काराबास राख्न आदेस दिएको थियो । सिद्ध बाबा सोमबार नै चतरा जाने उनका अनुयायीले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS