काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्बाट जनधनको दीर्घकालिन सुरक्षागर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताए ।
गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन भ्रमण पश्चात स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधनगर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन ।
‘यहीँ ठाउँमा त्यसैगरी उस्तै वस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिश नगरौं । किनभने २-४ वर्ष कुनै पनि समय विनाशन आउँदासम्म त सुरक्षितहुन्छ । आएको बेलाचाहिँ फेरि त्यसले बर्बाद गर्छ’ ओलीले भने ।
बाढी पहिरोले खोलाकिनारका वस्तीहरु, बजारहरु, संरचनाहरु वा खेतीपातीलाई ने सँधै बिग्राने बताउँदै सुरक्षित वस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने र त्यो सुरक्षित स्थानमा भूकम्प प्रतिरोध खालका संरचनाहरुको निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैँ बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने ओलीको धारणा थियो ।
साथै प्रधानमन्त्रीले अहिले बगरको रुपमा परिणतभएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्यपालन आदि क्षेत्रहरुमा विकास गर्न सकिने धारणा समेत राखे । प्रधानमन्त्रीको उक्त भ्रमणका क्रममा राहत रकमका साथमा ३ सय ६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण घोषणागर्दै त्यो जस्ता पाताले तत्काल अस्थायी बसोवासको व्यवस्था गर्नका लागि अनुकूलता प्रदान गर्ने र, प्रत्येक परिवारको लागि ५० हजार रुपैयाँ पनि तत्काल उपलब्ध गराइने बताए ।
भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनस्र्थपना कार्यको विस्तृत जानकारी समेत लिए ।
FACEBOOK COMMENTS