काठमाडौं, माघ ५- सिन्धुपाल्चोकमा आइतबार बिहान ८ बजेदेखि कर्फ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको हो ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले अर्को व्यवस्था नभएसम्म आज (आइतबार) देखि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेकी हुन् । आज पनि हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३.क_ बमोजिम निशेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले जानकारी दिए।
बाह्रविसे बजारबाट पूर्वमा ३०० मिटर, पश्चिममा भोटेकोशी खोला, उत्तरमा इलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा.४ र दक्षिणमा बाह्रविसे बजारबाट पिस्कररक्षमादेवी जानेबाटोको सुनकोसी चोकसम्म निशेधाज्ञा जारी गरिएको हो ।
FACEBOOK COMMENTS