काठमाण्डौँ — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ कदमबासस्थित लामाचौरगाउँको डाँडाबाट प्याराग्लाइडिङ परीक्षण गरिएको छ ।
चौतारा साँगाचोकगढी नगर र लामाचौर प्याराग्लाइडिङ तथा हृयांग्लाइडिङ संघको आयोजनामा करिब एक हजार ३ सय फिटको उचाइमा रहेको फराकिलो डाँडाबाट प्याराग्लाइडिङ गरिएको हो ।
राजधानीबाट आएका अब्बल ३ देखि ५ जना टेण्डमका ग्लाइडरले चार पटक सुरक्षित रुपमा लामाचौर डाँडामा प्याराग्लाइडिङु गरे ।
नगरको मास्टर प्लान प्याराग्लाइडिङ गरेर कदमबास क्षेत्रको विकास गर्न मास्टर प्लानमा बनाइएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS