काठमाण्डौ, भदौ ९ – सिन्धुलीमा बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका ५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका ८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।
सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताए ।
FACEBOOK COMMENTS