काठमाडौं, चैत ११ – सिप्रदी ट्रेडिङ्ग प्रालिले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको छ । तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाण्डाैमा हुने र तालिम अवधिभर तालिम भत्ता पिन दिइने सिप्रदीले जनाएकाे छ । यस्तै तालिममा उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसर प्रदान गर्ने जनाएकाे छ ।
१० जना अटोमोबाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाइल विषयमा तह एक उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ । १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । दरखास्त चैत १८ गतेसम्म सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा बुझाइसक्नुपर्ने सिप्रदीले जनाएको छ ।
काठमाण्डाै उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौंडा, वीरगञ्ज तथा त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने पनि सिप्रदीले जनाएकाे छ । विस्तृत जानकारीको लागि ०१ – ४३११५०१ मा सम्पर्क गरेर बुझ्न सकिन्छ ।
FACEBOOK COMMENTS