काठमाडौँ, माघ ३० – सिभिल बैंकले नगदरहित अभियान सुरु गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट अभियानको थालनी गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पोको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्यूआर कोडमार्फत भुक्तानी गरी अभियानको सुरुवात गरे ।
बैंकका ग्राहकले क्यूआर कोड प्रयोग गरी विद्युतीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS