![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – सिभिल बैंक लिमिटेडले बालविकास समाजलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरेका थिए ।
देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बालविकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।
सिभिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि व्योहोर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS