काठमाडौं, कात्तिक १९ – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा सञ्चालक सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् ।
संस्थाको यही कात्तिक १८ गते बसेको सञ्चालक समितिको १५९औँ बैठकले सञ्चालक समितिमा रिक्त सञ्चालक पद संख्या ३ मा पदपूर्ति गरेको हो ।
बैठकले संस्थापक सेयरधनी सिभिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधिको रुपमा मनोनयन भई आएका सचिन जङ्ग रायमाझी, सचिन नेवा र आँचल ढकाललाई कात्तिक १८ गतेदेखि नै लागू हुने गरी सञ्चालकमा चयन गरेको हो ।
FACEBOOK COMMENTS