काठमाडौं, ०२ वैशाख – नेपाली भु-भाग कालापानी-लिपुलेक-लिम्पियाधुरा भारतले मिचे पछि, सो कदमको विरोध स्वरुप युवाहरुले सामाजिक संजाल मार्फत अभियान अघि बढाएका छन । लिपुलेकसम्मको भुभागलाई भारतले गत कार्तिकमा आफ्नो राजनैतिक नक्सामा समावेश गरेको र मे ८, २०२० मा कालापानी देखि चीनको तिब्बत स्थित कैलाशमान शरोवर सम्म जोड्ने ८० किलोमीटर सड्कखन्ड निर्माण गरेको भन्दै युवाहरुले उक्त क्रियाकलाप विरुद्ध सामाजिक सन्जाल मार्फत ह्यास ट्याग अभियान सुरु गरेका हुन । कोभिड १९ का कारण सडकमा उत्रन प्रतिकुल रहेकोले उनीहरुले सामाजिक संजाल रोजेको बताएका छन । अभियानकाे संयाेजन गर्ने अभियान्ताहरु आरती लामा, प्रदीप थापा, प्रमिला लामा,प्रकाश श्रेष्ठ, सुजन थापा, मिलन चौहान, अविचल पौडेल, गौरव थापा, दिपेश बिसुङ्के लगायतले आन्दोलन र विरोधको रचनात्मक र श्रृजनात्मक शैली प्रस्तुत गरेका छन । अभियान्ता आरती लामा भन्छिन ‘नेपालको २३ जिल्लाका करिब ७५ भन्दा बढी ठाउँ भारतले अतिक्रमण गरेको छ, करिब ६० हजार हेक्टर भुमि अतिक्रमित भएको छ । कालापानी लिपुलेक लिम्पियाधुरामा मात्रै करिब ३७ हजार हेक्टर भुमी मिचिएको छ । विश्व समुदाय कोरोना भाइरसले आक्रान्त भैरहेको बेला यस किसिमका रचनात्मक आन्दोलन नै प्रभावकारी हुने ठहरका साथ हामीले यस अभियान शुरु गरेका छौ’ ।
त्यस्तै अर्का अभियन्ता दिपेश बिसुन्के अभियान जेठ २ गतेबाट शुरु भएको जानकारी दिदै भन्छन् ‘आज साझ ७ बजे बाट ह्यास ट्याग र आफ्नो पोसाक सहित सामाजिक सन्जालमा नारा पोस्ट गरिएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायले समेत भारतको हेपाहा र विस्तारवादी नीति बुझ्न सकुन भनेर अभियान संचालन गरेका हौ’ । अभियान बारे थप प्रकाश पार्दै उनले नेपालले आफ्नो तथ्य र ऎतिहासिक दस्तावेज सुरक्षित राख्नुपर्नेमा दबाब सिर्जना गर्ने रहेको प्रस्ट पार्दै यी भु-भाग नेपालकै रहेको कुरा विश्व समुदायले मनन गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । अभियान अन्तर्गत सामाजिक सन्जालमा लेखिएको पोस्ट धेरै सेयर भएको थियो ।अभियानका क्रममा… “हाम्रो सीमा प्रतिरक्षा गराैं, हाम्रो भुमि फिर्ता लिऔं, सीमा विवाद यहि साल अन्त्य गराैं ।” र क्याप्सनमा #मेराे_एेक्यबद्धता #नो_हेगेमोनी लेखिएको थियो ।
FACEBOOK COMMENTS