काठमाडौं, वैशाख ३० – सीईडीबी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) भोलि शुक्रबार बिहान ११ बजे बाँडफाँट गरिने भएको छ । सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलले आफ्नै कार्यालयबाट भर्चुअल रुपमा शेयर बाँडफाँट गर्ने जानकारी दिएको छ छ ।
सीईडीबी हाईड्रोले यही वैशाख १७ गतेदेखि २१ गतेसम्म २५ लाख १८ हजार २०७ कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गरेको थियो । कूल आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाले २ करोड ४६ लाख ५७ हजार ३५ कित्ता सेयरका लागि दिएको आवेदन योग्य रहेको छ भने १६ लाख ३७ हजार ६५९ कित्ता सेयरका लागि ४८ हजार ३२२ जनाले दिएका आवेदन रद्द भएको छ ।
निष्काशित शेयरमध्ये म्युचुअल फण्डलाई १ लाख २५ हजार ९११ कित्ता र कर्मचारीलाई ५० हजार ३६५ कित्ता सेयर बाँडफाँट गरी बाँकी शेयर सर्वसाधारणलाई बाँडिने क्यापिटलले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS