काठमाडौ । कोरोनाका कारण स्वदेश वा विदेशमा रोजगारी गुमाएकालाई लक्षित गरी सरकारले गर्न लागेका सबै सीप र तालिमका कार्यक्रम कोरोनाकै कारण प्रभावित भएका छन ।
कोरोनाका कारण रोजगारी गुमाएका विपन्न परिवारलाई चालू आर्थिक वर्ष २०७७÷७८ मा प्राथमिकतामा पारेर व्यवसायी सीप तालिम दिने भनिएका सबै कार्यक्रम कोरोनाका कारण प्रभावित भएका हुन । सरकारले चालू आवमा कम्तीमा पनि ५० हजार जनालाई व्यवसायी तालिम दिएर रोजगार बनाउने उद्देश्यसाथ छुटयाइएको चार अर्ब ३४ करोड रुपैयाँ बजेट फिर्ता भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आवको बजेटमार्फत नै प्राथमिकता दिएर रोजगारी गुमाएका श्रमिकलाई सीप रूपान्तरुण गरी उत्पादन, सेवा, हस्तकला, प्लम्बिङ, सिलाइ–कटाइलगायतका तालिम दिएर रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको थियो । श्रम मन्त्रालयका सहसचिव दीपक काफ्लेले व्यवसायी सीप र तालिमका कार्यक्रम सञ्चालनका कार्ययोजना तय गरी तालिमको तयारी हुँदासमेत कोरोनाका कारण गर्न नसकेको स्वीकारेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS