गौशाला उद्योग वाणिज्य संघको ११औ साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल गरेका छन् ।
साधरण सभाको उद्घाटन गर्दै राजनैतिक क्रान्तिको युग समाप्ति भएको र अव आर्थिक क्रान्तिको माध्यम बाट सुखी नेपाली सम्वृद्ध नेपालको संकल्प निजी क्षेत्रको अग्रसरतामा मात्र सम्भव हुने बताएका छन् ।
विशिष्ट सदस्य ढकालले आजको आवश्यकता भनेको उद्योग स्थापना गर्दै रोजगारीको सृजना गर्ने ,स्थानिय स्रोत साधनको भरपुर प्रयोग गर्नुको साथै कृषिमा आधुनिकरण एवं यान्त्रिकरणको माध्यम बाट व्यवसायिकरण गर्नु पर्नेमा उनले जोड दिए ।
FACEBOOK COMMENTS