काठमाडौँ, श्रावण २६ – शनिबार राजधानीको गोंगबुमा टाउको काटिएको अवस्थामा सुटकेसभित्र भेटिएको शवको सनाखत भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार हत्या गरिएका व्यक्ति रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।
उनी केही समयअघि दाङ बसाइ सरेका र हाल काठमाडौंको नयाँ बजार क्षेत्रमा एक कारखानामा कार्यरत थिए । पहिचान खुल्न नसकेपछि प्रहरीले उनको तस्बिर र हुलिया आइतबार सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक गरेपछि कारखाना वरपरका व्यक्तिहरु सम्पर्कमा आएको र उनीहरुले सनाखत गरेको प्रहरीले बताएको छ ।
शनिबार बिहानै प्रहरीले टाउको काटेको अवस्थामा उनको शव सुटकेसमा फेला पारेको थियो भने टाउको केही पर अर्को झोलामा भेटिएको थियो । उनको हत्याराको खोजी भइरहेको प्रहरीले बताएको छ । हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।
FACEBOOK COMMENTS