काठमाडौं, कात्तिक ५ – दुई दिन स्थिर रहेको सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाका ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। छापावाल सुनको भाउ आइतबार ९४ हजार ७ सय रुपैयाँ रहेकामा सोमबार र मंगलबार पनि सोही भाउ कायम भएको थियो।
महासंघका अनुसार बुधबार तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ कायम भएको छ। मंगलबार तेजावी सुन ९४ हजार २ सयमा किनबेच भएको थियो।
बुधबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। महासंघका अनुसार मंगलबार चाँदीको भाउ १ हजार २ सय १० रुपैयाँ रहेकामा बुधबार १ हजार २ सय ४० पुगेको छ।
FACEBOOK COMMENTS