काठमाडौं, मंसिर २५ – बिहीवार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार स्थानिय बजारमा पहेंलो धातुको मूल्य प्रतितोला रू. ९०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ०५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ९५० मा कारोबार भएको थियो ।
यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधवार चाँदी प्रतितोला रू. एक हजार २१५ मा कारोबार भएको थियो । बिहीवार चाँदी रू. एक हजार २०० मा कारोबार भइरहेको छ । गत कारोबारको दिनको तुलनामा चाँदी रू. १५ ले घटेको हो ।
FACEBOOK COMMENTS