काठमाडौं, चैत ५ – मंगलबार तोलाको दुई हजारले घटेको सुन बुधबार तोलामा पुन एक हजार रुपैयाँले बढेको छ ।
मंगलबार दुई हजार रुपैयाँले घटेर ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै गरी आज तेजावी सुन पनि तोलाको एक हजारले बढेर ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
FACEBOOK COMMENTS