काठमाण्डौ – सुनको भाउ ५ वर्षपछिकै महंगो भएको छ ।
बुधबार तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
हिजो स्थिर रहँदै ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको हो ।
यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपछि घटेर तोलाको ४७ हजार रुपैयाँसम्म झरेको सुनको भाउ केही महिनादेखि बढेर बुधबार २०७० साल भदौ १२ गतेकै मूल्य पुगेको महासंघका मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
FACEBOOK COMMENTS