काठमाडौं, फागुन २१- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २२०० ले बढेको छ ।
मंगलवार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २२०० ले बढेर तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै गरी मंगलवार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार २२०० रुपैयाँ बढ्दै प्रतितोला ८० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यता बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ८६० रुपैयाँ प्रतितोलाका दलले कारोबार भएको चाँदी बुधबार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।
FACEBOOK COMMENTS