काठमाडौं, वैशाख २३ – बिहीबार स्थानीय बजारमा सुनको भाउ बढेको छ । बुधबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ३०० रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिमाणको तेजावी प्रतितोला ९० हजार १०० रुपैयाँ पर्नेछ । बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रुपैयाँ घटेर एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS