काठमाडौं, चैत ७- शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।
विहिबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रबार प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
शुक्रबार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले बढेदैं तोलाको ७५ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यसै गरी शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढ्यो ।आज चाँदी ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS