काठमाडौं, बैशाख २५- सुनचाँदी,रत्न तथा आभुषण व्यवसायीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग भेटघाट गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनार, महासंघका विशिष्ट सदस्य सुरेश मान श्रेष्ठ र नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलले गभर्नर अधिकारीसंग भेट गरी कोरोना संक्रमणको रोकथाम र लकडाउनको कारण उद्योग, व्यवसायमा परेको प्रतिकूल असर बारे छलफल गरेका हुन् ।
लकडाउनका कारण उद्योग, व्यवसायमा उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न ऋणको साँवा, व्याज, किस्ता आदिको साथै उद्योग, व्यवसायलाई पुनरुद्धार गर्न अवलम्बन गर्नु पर्ने तात्कालिन एवं दीर्घकालिन उपाय बारे लिखित सुझाव प्रस्तुत गरिएको थियो
आभुषण क्षेत्रले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं रोजगारी विस्तारमा उल्लेखनीय टेवा पु¥याउन सक्ने हुँदा यसलाई बढावा दिन सरकारले विशेष ध्यान दिनु पर्नेमा प्रतिनिधि मण्डलले जोड दिएको थियो ।
सो अवसरमा गभर्नरले महासंघहरुबाट प्रस्तुत सुझाव एवं अवधारणा प्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेकोले त्यसको कार्यान्वयनमा उचित स्थान दिइने आश्वासन दिए ।
FACEBOOK COMMENTS