काठमाडौं, कार्तिक २३ – बलिउड अभिनेता सुनील शेट्टीलाई प्रतिष्ठित ‘भारत रत्न डा अम्बेडकर पुरस्कार’बाट सम्मानित गरिएको छ।
कोभिड १९ महामारीमा उद्धार तथा राहतमा दिएको योगदानका लागि शेट्टीलाई महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले शनिवार साँझ राजभवनमा पुरस्कारबाट सम्मान गरेका हुन्। सम्मान समारोहमा २५ मात्र सहभागी थिए।
शेट्टीले महिला सशक्तीकरण, पशु कल्याणका लागि जागरूकता बढाउने तथा लकडाउनका क्रममा मुम्बईका डब्बावालाहरुलाई सहयोग गरेका थिए।
अवार्डबाट सम्मानित भएपछि शेट्टीले सम्झनलायक काम गर्न आह्वान गरेका छन्।
FACEBOOK COMMENTS