काठमाडौँ — करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत मोरङले गत जेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहेका सञ्जेलले गत साउन ६ गते जिल्लाको आदेश बदर गरेर आफूलाई साधारण तारेखमा छाड्नु पर्ने माग गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका थिए ।
२६ पटक पेसी चढेको मुद्दा १८ पटक स्थगित गरेर साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
उच्च अदालतले जिल्लाको आदेश बेरितको भएको ठहर गर्दै साधारण तारेखमा छाडेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश भएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार सुन तस्करी प्रकरणका अर्का अभियुक्त आरके भनिने राजेन्द्रकुमार शाक्यको आदेशको मिसिल झिकाउन आदेश दिएको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS