![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ ।
अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेपछि उच्च अदालतले बिहीबार सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकेको छ ।
अदालत र कानुन व्यवसायीको छलफलपछि अलगअलग इजलासमा तोकिँदै आएको सुन तस्करी र सनम हत्या मुद्दाको सबै पेसी बिहीबार २ नम्बर इजलासमा तोकिएको थियो ।
तर, सरकारी वकिलले पेसी स्थगित गराएकाले मुद्दामा सुनवाइ हुन पाएन ।
बिहीबारदेखि कानुन व्यवसायीले नियमति बहस थालेको उच्च अदालत बार एकाइका सचिव मेदनीप्रसाद सेढार्इंले बताए ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS