लण्डन, मंसिर ७ – बेलायतभर पब्लिक स्कुलमा अध्ययन गरिरहेका बिद्यार्थीहरुको लागि प्रतिस्ठित ग्रामर स्कुलले लिएको माध्यमिक तहको गेटवे परिक्षामा नेपालकी शुभाबनी कार्कीले उत्कृस्ट नतिजा सहित नाम निकाल्न सफल भएकी छिन् ।
बेलायत स्थीत ल्याङ्गली हल प्राइमरी एकेडेमीबाट कक्षा ६ को अध्ययन पुरा गरेकी शुभाबनी सात कक्षाका लागि सो परिक्षामा सामेल भएकी थिईन् । उनी गैर आबसिय नेपाली एवम् व्यवसायी सुरज कार्की र रचना कार्कीकी छोरी हुन । शुभाबनी तिक्ष्ण क्षमताको रूपमा मात्रै नभएर बहु प्रतिभाशाली बालिकाको रुपमा समेत परिचित छिन।
मिस टिन युकेमा फस्ट रनर अफ जितेकी शुभाबनीले पियानो बाध्यबाधकमा समेत निकै रुचि देखाएकाले उनका अभिभावकले प्रोत्साहन गरेका छन् । बेलायत स्थीत ल्याङ्गली स्लाउ ,बेक्सरमा बसोबास गरीरहेका गैर आबसिय नेपाली एवम् व्यवसायी सुरज कार्की छोरीको प्रगतिमा निकै दङ्ग छ्न।एक सन्दर्भमा व्यवसायी कार्की भन्छन” हाल बेलायतमा लकडाउन हुँदा व्यवसायिक वातावरण मा आँच आएर केही असहज महशुश गर्दै गर्दा छोरीको प्रगतिले हामी सपरिवार खुशी दिलायो, उर्जा, हौसला र गर्व महशुस गरेका छौ ।” व्यवसायी कार्की भन्छन् । सुरज कार्की नेपालका पुर्व राष्ट्रिय खेलाडी हुन।
FACEBOOK COMMENTS