काठमाडौं– सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले साविकका शेयरधनीहरुलाई १०ः ७ को अनुपातमा हकप्रद सेयर जारी गर्न आफ्नो बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो ।
उक्त नियुक्ती सम्बन्धि सम्झौतामा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले हस्ताक्षर गरेका हुन्।
FACEBOOK COMMENTS